10/08/2026
आधिकारिक सूचना तथा क्षमायाचना
अगस्ट ८ मा आयोजना हुने भनिएको कार्यक्रम रद्द हुन गएको सम्बन्धमा हामी सम्पूर्ण दर्शक, कलाकार तथा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौँ कि यस घटनामा कुनै पनि कलाकार वा Vajraa Events भनेर कार्यक्रमको प्रचार–प्रसार गरिदिनुहुने व्यक्तिहरूको कुनै दोष वा जिम्मेवारी छैन।
कार्यक्रम रद्द हुनु तथा व्यवस्थापनमा देखिएको कमजोरीको सम्पूर्ण जिम्मेवारी आयोजकको हो।
हाम्रो तर्फबाट भएको अव्यवस्थित तथा गैरव्यावसायिक व्यवस्थापनका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दुःख, असुविधा वा निराशा भोग्नुपरेका सम्पूर्ण व्यक्तिहरूप्रति हामी हृदयदेखि नै क्षमायाचना गर्दछौँ।
साथै, Vajraa Events मार्फत अनलाइन टिकट खरिद गर्नुभएका सम्पूर्ण दर्शकहरूले हामीलाई सिधै सम्पर्क गरी आफ्नो टिकटको पूर्ण रकम फिर्ता (Refund) लिन सक्नुहुनेछ।
यस घटनाबाट पर्न गएको असुविधाप्रति हामी पुनः गहिरो क्षमायाचना गर्दछौँ र सबैको समझदारी तथा सहयोगका लागि धन्यवाद व्यक्त गर्दछौँ।
— आयोजक