23/09/2024
जापानी नागरिक वरिष्ठ समाजसेवी श्री काजुमासा काकिमी (ओके बाजे) ले वि.सं. २०५०/०५१देखि जापानस्थित विभिन्न संघसंस्था,मनकारी सहयाेगदाता, आफ्ना समकक्षी साथीहरु, आफ्नै आम्दानी लगायत विभिन्न माध्यमबाट आफनै तवरबाट वर्षेनी आर्थिक सहयोग संकलन गरी पाल्पा जिल्लाका विभिन्न पालिका साथै नवलपुर र नवलपरासीका विभिन्न शैक्षिक संघसस्था, स्वास्थ्य सेवा प्रदायक संस्था, खानेपानी, बाटोघाटो, वन वातावरण, सिंचाई, क्लब तथा सामुायिक विकाससँग सम्बन्धित संघसंस्था, आयमूलक आयआर्जन समूह, सहकारी,मानवीय जीवनयापन , छात्रवृत्ति, स्वास्थ्य उपचार, अक्षयकोष स्थापना, विपदमा राहत सहयोग लगायतका अनेकन क्षेत्रमा कुनै स्वार्थ नराखी निःस्वार्थ सेवाभावले निरन्तर रूपमा सामाजिक सेवाका निम्ति कार्य गर्नु भई अमूल्य योगदान पुर्याउनु भएको सबैमा विदितै छ। समाजसेवाको माध्यमबाट अविराम सेवा पुर्याउनुभएको तीस पूरा भएको अवसरमा उहाँको सेवा तथा सहयोगको कदर गर्दै पाल्पा , नवलपुर, नवलपरासी जिल्ला स्थितका ओके बाजेको सहयोगबाट लाभान्वित शैक्षिक संस्था, स्थानीय तह, सामाजिक विकास संघसंस्था, क्लब, समूह जापानबाट पाल्नुहुने उहाँका साथीहरु,शुभेच्छुक सरोकारित व्यक्ति व्यक्तित्वको सहभागितामा २०८१ कार्तिक ०३ गते शनिबारका दिन बिहान ९:०० बजेदेखि रामपुर नगरपालिका वडा नं ७ कृष्णबारीको खेलमैदानमा राष्ट्रिय ख्याति प्राप्त गायक कलाकार, स्थानीय रोचक सांस्कृतिक प्रस्तुति,जापानिज सांस्कृतिक कला प्रस्तुति, अन्य विविध रोचक र रमाईला कार्यक्रम सहित एक भव्य समारोहकाबीच नागरिक अभिनन्दन एवम सम्मान गरिने र सोही अवसरमा उहाँको पूर्णकदको प्रतिमा स्थापना गरी अनावरण समेत गरिने कार्यक्रम रहेको व्यहोरा अनुरोध गर्दै उक्त अवसरमा सबैजना महानुभाव उपस्थित भईदिनु हुन अनुरोध सहित हार्दिक निमन्त्रणा गर्दछौं।