
02/02/2025
हार्दिक श्रद्वाञ्जली
श्री पृथ्वी रुपा माध्यमिक बिद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष पदमा रही विगत लामो समयसम्म विद्यालयलाई योगदान गर्नुभएका , चन्दादाता, शिक्षक अभिभावक संघका अध्यक्ष, हाल सल्लाहकार सदस्य, समाजसेवी आदरणीय व्यक्तित्व श्री भद्र बहादुर सुयेल थापा को २०८१।१०।१८ गते पक्षघातका कारण आफ्नै निवासमा ७४ बर्षको उमेरमा भएको असमायिक निधनले विद्यालयले एक शिक्षाप्रेमी पथ प्रदर्शक गुमाउन पुगी अपूरणीय क्षतिको महसुस गरेको छ। यस दुःखद घडीमा विद्यालयका पूर्व विद्यार्थी उहाँका छोराहरू नारायण, किसान, विकास, वीरेन्द्र ,भीमसेन सुयेल साथै उहाँका दुई पत्नी कृष्णमाया, भगवती सुयेल चार बुहारी नाति, नातिना तथा सम्पूर्ण सुयेल परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति परमेश्वरले प्रदान गरुन् भन्दै उहाँको मृत आत्माको बैकुण्ठबासको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्दछौँ।
प्रधानाध्यापक तथा विद्यालय परिवार
श्री पृथ्वी रुपा मा.वि
रुपाताल, कास्की