Music nation

Music nation हामी सधै तपाईको लागि खास लिएर आउनेछौ । yes

19/08/2021

सत्य केहो हामिले चाल पायौ "
सोर्ग जाने मुल बाटो भेत्तायौ .
उद्दार आज छ
यो जीवन सोर्गमा निश्चय जानेछ।"
धान्को बाला आलिमा लरबर"
यशुको माया सबै लाई बराबर /
सुन यो खबर यो खबर
सुनेर निर्णय सरासर ..
सत्य ।...... ............
दाजु भाइ हे दिदी बहिनी"
आज सुने भोलि त के हुने/
जीवन छोटो छ।
यो पापी सन्सारमा बाच्न गार्हो छ।

सत्य ...... .....
यशु हाम्रो स्वर्गको साचो "
यशु बिना यो जीवन अधुरो/
सम्झ बुझन आत्मा लाई बचाउन गार्हो नमान ।।।
सत्य ।..... ...

learning
26/06/2021

learning

प्रश्न:  #दशांश_भनेको_के_हो_? नेपलाको थुप्रै मण्डलीहरूमा आज पास्टरहरुले विश्वासीहरूलाई उनीहरूले दिने दशांश हेरी व्यवहार ...
20/03/2021

प्रश्न: #दशांश_भनेको_के_हो_?
नेपलाको थुप्रै मण्डलीहरूमा आज पास्टरहरुले विश्वासीहरूलाई उनीहरूले दिने दशांश हेरी व्यवहार गर्ने गरेको पाईन्छ। "दशांश दिउँनजेल राम्रो व्यवहार गर्ने र दिन छोडेपछि वेवास्था गर्ने गर्छन्" भन्ने थुप्रै गुनासोहरु विश्वासीहरूबाट सुन्न पाईन्छ। त्यतिमात्र नभई "दशांश नदिनु भनेको त परमेश्वरलाई लुट्नु हो, पाप गर्नु हो" भनी तर्साउने गर्छन्।

केही अवलोकन पश्चात किन यसो भनियो वा गरियो भन्ने प्रश्नहरुको तीन जवाफहरु पाए:
१. उनीहरू दशांश सम्बन्धी बाइबलीय शिक्षामा अनजान भएर;
२. आफ्नै व्यक्तिगत लोभ र लालचले गर्दा; र
३. माथिका यी दुवै कारणले गर्दा।

तर के विश्वासीहरूले दशांश दिनै पर्छ त? बाइबलले दशांशको बारेमा के सिकाउँछ? (दशांश सम्बन्धी विश्वासीहरूले ठूलो जिज्ञासा देखाएको हुँदा, यहाँ थप जनकारी र स्पष्टीकरण प्रस्तुत गर्दछु!)

दशांश भन्ने शब्द बाइबलमा ३२ पटक उल्लेख भएको छ। ती मध्ये, नयाँ करारमा यो शब्द मात्र ७ पटक उल्लेखित छ। विश्वासीहरूले मण्डलीमा दशांश दिनुपर्छ कि पर्दैन भन्ने विषयमा थाहा पाउन अघि, पहिला दशांश भनेको के हो? बाइबलमा के के को दशांश दिइन्थ्यो? क-कसले दिन्थ्यो? कसलाई दिइन्थ्यो? किन दिइन्थ्यो? र नयाँ करारमा दशांश दिने आज्ञा वा निर्देशन दिएको छ कि छैन? भन्ने प्रस्नहरु को बारेमा बुझ्न जरुरी हुन्छ। यस लेखमा म यी एक एक प्रश्नहरुको जवाफ विस्तृत रूपमा प्रस्तुत गर्नेछु।

पहिलो प्रश्न: दशांश भनेको के हो? 'दशांश' शब्दको शाब्दिक अर्थ हुन्छ 'दश भागको एक भाग' वा 'दश प्रतिशत'।

दोस्रो प्रश्न: बाइबलमा के के को दशांश दिइन्थ्यो? यो प्रश्नको जवाफ लेवी २७ को ३० देखि ३४ मा पाउन सक्छौं। यो खण्डमा यसरी लेखिएको छ: “‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्‍जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्‍ति पवित्र हुन्‌। कसैले आफ्‍नो दशांश मोल तिरेर छुटाउँछ भने, त्‍यसमा पाँचौँ भाग थपेर त्‍यसले देओस्‌। गन्‍ती गर्ने लहुरोको मुनि छिरेर जाने पशुमा, गाईबस्‍तु वा भेड़ाबाख्रा जे होस्, दशांशचाहिँ परमप्रभुको निम्‍ति पवित्र हुनेछ। असल वा कमसल पशु त्‍यसले नछुटाओस्‌ र नसाटोस्‌। साट्‌ने नै हो भने, साटेको दुवै पशु पवित्र हुनेछन्, र मोल तिरेर तिनीहरूको छुटकारा हुन सक्‍नेछैन’।” परमप्रभुले इस्राएलीहरूका निम्‍ति सीनै पर्वतमा मोशालाई दिनुभएका आज्ञाहरू यी नै हुन्‌।"

तेस्रो प्रश्न: दशांश क-कसले दिन्थ्यो? बाइबलमा दशांशको थालनी अग्रज अब्राहामबाट भएको थियो। आफ्ना भातिजा लोट र उसको सम्पूर्ण समान कैदबाट छुटाएर ल्याएपछि, अब्राहमले पहिको पटक येरुशलेमका राजालाई, जो सर्वोच्च परमेश्वरको पूजाहारी थिए, सम्पूर्ण थोकको दशांश दिएका थिए (उत्पति १४:१-२०)।

"अब्रामले आफ्‍ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्‍नो घरमा जन्‍मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्‍मै खेदेर गए। तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्‍ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्‍त गरे, र दमस्‍कसको उत्तरतर्फको होबासम्‍मै उनीहरूलाई खेदे। तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्‍पत्ति, स्‍त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्‍याए। कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्‍यका, अर्थात्‌ राजाको उपत्‍यकामा सदोमका राजा तिनलाई भेट गर्न आए। अनि शालेमका राजा मल्‍कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने सर्वोच्‍च परमेश्‍वरबाट अब्रामलाई आशिष्‌ मिलोस्‌। सर्वोच्‍च परमेश्‍वर धन्‍यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्‍पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।" (उत्‍पत्ति १४:१४-२०)।

यस पश्चात बाइबलमा 'दशांश' भन्ने शब्द दोस्रो पटक उत्पति २८ को २२ पदमा उल्लेख गरिएको छ, जहाँ याकुबले परमेश्वर सँग यसरी भाकल गर्दछन्: “यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्‍त्र दिनुभयो, र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्‍वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्‍य चढ़ाउनेछु।” (उत्पति २८:२०-२२)।

यी अग्रजहरूको पालामा, दशांश दिने प्रचलन अनिवार्य र बाध्यात्मक नभई स्वईच्छागत र स्वतन्त्र थियो। अब्राहमले परमेश्वरलाई कृतज्ञता ब्यक्त गर्न दशांश दिएका थिए भने, याकुबले प्रभुले आशिष दिनुभएको खण्डमा दिनेछु भनी भाकल गरेका थिए।

दशांश दिने प्रचलन बाइबलीय समाजमा मात्र नभई प्राचीन पूर्वी समाजमा पनि प्रबल थियो। त्यस समयका अन्यजातिहरुले पनि आफ्नो देवताहरूलाई कृतज्ञता स्वरूप आफ्नो कमाईको दश प्रतिशत दिने गर्दथे।

यस पश्चात, दशांश दिने प्रचलनलाई मोशाको व्यवस्थाले प्रणालीबद्ध र व्यवस्थिकरण गरेको थियो। यसैले, येशू ख्रीष्टको समयका यहूदिहरूले पनि दशांश दिने गर्दथे (लुका ११:४२)। यसर्थ, दशांश पुरानो नियम मुनि रहेका सम्पूर्ण व्यक्तिहरूले दिदथे।

चौथो प्रश्न: दशांश कसलाई दिइन्थ्यो? यो प्रश्नको जवाफ गन्ती १८:२१-३२ मा पाउन सकिन्छ। लेबीहरुलाई कनान देशमा भूमि नदिई उनीहरूको सेवा बापत इस्राएलीहरुको सम्पूर्ण दशांश दिन परमेश्वरले इस्राएलीहरुलाई आज्ञा दिनु भएको थियो।

पाँचौं प्रश्न: दशांश किन दिइन्थ्यो? यस प्रश्नको जवाफ चौथो उत्तरमा उल्लेखित बाइबल खण्डमा पाउन सकिन्छ। साथै, अन्य बाइबलीय पदहरुलाई समेटि बुँदागत रूपमा प्रस्तुत गर्दा दशांशको निम्न उद्देश्यहरु रहेको पाउन सकिन्छ:
१. लेबीहरूलाई सहायता गर्न (गन्ती १८:२१, २४);
२. चाडपर्वहरु मनाउन (व्यवस्था १४:२२-२७); र,
३. गरिबहरूलाई सहाय गर्न (व्यवस्था १४:२८-२९)।

छैठौं प्रश्न: नयाँ करारमा दशांश दिने आज्ञा वा निर्देशन दिएको छ कि छैन? नयाँ करारमा दशांश भन्ने शब्द मात्र ७ पटक उल्लेख गरिएको छ (मत्ति २३:२३; लुका ११:४२; १८:१२; हिब्रू ७:५, ६, ७, ९)। यी कुनै पनि पदहरूमा दशांश दिने निर्देश वा आज्ञा दिइएको छैन!

त्यसो भए के हामीले दशांश दिनु पर्छ त? नदिए मण्डली कसरी चल्छ? सेवाकाई कसरी चल्छ? कसरी दिने? कति दिने? कहाँ दिने? कहिले दिने? किन दिने? यी थुप्रै प्रश्नहरू तपाईहरुको मनमा यति खेर उब्जिएको हुन सक्दछ। दैर्य गर्नुहोस् र पढ्नुहोस।

माथि उल्लेखित सम्पूर्ण कुरालाई संक्षेपमा प्रस्तुत गर्नु पर्दा: दशांश दिने प्रचलन मोशाको समय देखि व्यवस्था पालन मित्र पर्दथ्यो। यो अनिवार्य थियो। सबै इस्राएलीहरुले दिनु पर्थ्यो। पुरानो करारको समयमा वास्तवमै दशांश नदिनु भनेको परमेश्वरलाई लुट्नु वा पाप गर्नु थियो। यसैकारण नै मलाकी ३:९, १० मा परमेश्वरले इस्राएलीहरुलाई सम्पूर्ण अन्नबालीको दशांश मन्दिरमा ल्याउन र भविष्यमा उहाँले उनीहरूलाई प्रसस्त अन्न-बाली को आशिष दिनुहुनेछ कि हुन्न भन्ने जाँच गर्न आव्हान गर्नु भएको थियो। परमेश्वर प्रति कुनै साँचो प्रेम नै नभएता पनि, येशू ख्रीष्टको समयका यहूदिहरूले देखाउन कै निम्ति भए पनि दशांश दिने गर्दथे (मत्ति २३:२३; लुका ११:४२; १८:१२)।

जब येशू ख्रीष्ट यस संसारमा आउनु भयो तब उहाँले व्यवस्थालाई पूरा गरी (मत्ति ५:१७) नयाँ नियम वा पद्धतिहरु अर्थात् व्यवस्था दिनु भयो। अब उप्रान्त विश्वासीहरू पुरानो व्यवस्थाको अधीनमा नभई नयाँ व्यवस्था अर्थात् ख्रीष्टको व्यवस्था मुनि छन्। यो नयाँ व्यवस्था पुरानो व्यवस्था भन्दा अति नै सहज र स्वतन्त्रताले भरिएको छ। यसर्थ, तपाईं हामी दशांश दिने बोझ वा बन्धनमा बाँधिएका छैनौं। र दशांश दिन बाध्य बनाउनु भनेको विश्वासीहरूलाई व्यवस्थाको बोझ बोकाउनु हो।

विश्वासीहरूले पुरानो व्यवस्थाको अनुसार नभई नयाँ नियम वा व्यवस्था अनुसार दिनु पर्छ। ख्रीष्टको नयाँ व्यवस्था अनुसार दिन, नयाँ करारलाई असल तरिकाले बुझ्न जरुरी हुन्छ।

दिने विषयमा शिक्षा दिने नयाँ करारको खण्डहरू यस प्रकार छन्: मत्ति ६:१-४; मर्कूस ४:२४; लुका ६:३८, १२:३३-३४; प्रेरित २:४५,२०:३५; रोमी १२:१३; १ कोरन्थी १६:२; २ कोरन्थी ८:१-९:१५, गलती ६:६-१०; १ टिमोथी ६: १७-१९; हिब्रू १३:१६ आदि।

यी पदहरूलाई निम्न बुँदाहरूद्वरा यसरी संक्षिप्त रुपमा बुझ्न सकिन्छ:

१. कति र कसरी दिने?
आफ्नो मनमा संकल्प गरे बमोजिम, करकापमा नपरी, उदार चित्तले,आफ्नो गक्ष अनुसार खुशी भई दिनुपर्छ (२ को. ८:२,३; ९:७)। र, प्रशस्त दिनेले प्रशस्त र थोरै दिनेले थोरै नै प्राप्त गर्नेछ (लुका ६:३८; २ को. ९:६)।

२. कहिले र कहाँ दिने?
प्रत्येक हप्ता मण्डलीको सेवामा उपस्थित हुँदा मण्डलीमा दिनु पर्छ (१ को. १६:२)।

३. किन दिने?
आवश्यकतामा परेकाहरूलाई सहायता गर्न (प्रेरित २:४५; रोमी १५:२५-२७), ख्रीष्टिय सेवकहरुलाई सहायता गर्न (१ कोरन्थी ९:११-१२; १ टिमोथी ५:१८), र ख्रीष्टिय सुसमाचार प्रचार तिब्र रुपमा वृद्धि गर्न (फिलिपी ४:१५-१६)।

४. के के दिने?
सर्वप्रथम त आफैलाई परमेश्वरमा दिनु पर्छ (रोमी १२:१-२)। त्यसपश्चात, आफूसँग भएको र मण्डलीलाई* आवश्यक परेको कुराहरू दिने। प्रेरितहरूको समयमा विश्वासीहरुले आफ्नो घर जग्गा बेचर मण्डलीलाई दिएका थिए (प्रेरित २:४५)।

*(मण्डली भनेको भवन मात्र नभई त्यहाँ उपस्थित हुने सम्पूर्ण विश्वासीहरु हुन)

निष्कर्ष:
दशांश भनेको दश भागको एक भाग अर्थात् १० प्रतिशत हो। विश्वासीहरूले मण्डलीलाई दशांश दिनु राम्रो कुरा हो। तर दिन बाध्य भने कोही पनि छैनन्। दशांश नदिनु पाप गर्नु वा परमेश्वरलाई लुट्नु होइन। नयाँ करारका विश्वासीहरू पुरानो व्यवस्थाको अधीनमा नभई ख्रीष्टको नयाँ व्यवस्था मुनि रहेको हुँदा पुरानो व्यवस्था अनुसार नभई २ कोरिन्थी ९:७ ले निर्देशन दिए अनुसार आफूले संकल्प गरे बमोजिम स्वतन्त्र भई दिन सक्दछन्। धन्यवाद!

प्रभुको दास,
साजन श्रेष्ठ, एम. डिभ. Copy 💞💞

आफ्नो मृत्यु हुनुभन्दा अघि एक बुबाले आफ्नो छोरालाई यसो भने: “यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो । म...
19/10/2020

आफ्नो मृत्यु हुनुभन्दा अघि एक बुबाले आफ्नो छोरालाई यसो भने: “यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो । म तिमीलाई दिन चाहान्छु, तर त्योभन्दा अगाडि पसलहरूमा गएर "म यसलाई बेच्न चाहान्छु, कति मूल्य आउँछ भनेर सोधपुछ गर।

छोरा घडी पसलहरूमा गयो र बुबाकहाँ आएर भन्यो, "घडी पुरानो छ भनेर पसलेहरूले रू. ५०० सम्म मात्र दिने प्रस्ताव गर्‍यो।

बुबाले फेरि भन्यो: कफी पसलहरूमा गएर यसको मूल्य बुझेर आऊ। छोरा गयो र बुबाकहाँ आएर भन्यो, "उनीहरूले रू. २०० सम्म दिन्छु भन्यो।

बुबाले फेरि भन्यो: एकपटक संग्रहालयहरूमा पनि गएर घडीको मूल्य बुझ । ऊ गयो र खुसीहुँदै बुबाकहाँ आएर भन्यो,"संग्रहालयले रू. १० लाख दिन्छु भन्यो।

अन्तमा बुबाले छोरालाई यसो भने: “म तिमीलाई यो बताउन चाहन्थे कि सहि ठाउँले मात्र सहि तरिकाले महत्त्व दिन्छ।

गलत ठाउँमा आफूलाई नखोज। जुन ठाउँमा तिम्रो मूल्य हुँदैन त्यहाँ आफैलाई खोजेर क्रोधित नबन। कसैको निर्णय र नतिजाले तिम्रो महत्त्व नगुमोस्।

जसले तिम्रो महत्त्वलाई बुझ्दछ उनीहरूले तिम्रो कदर गर्नेछ। यस्तो ठाउँमा नबस जहाँ कसैले तिम्रो महत्त्व र मूल्य देख्दैन।

5;thinks 😍😍😍😍😍
12/08/2020

5;thinks 😍😍😍😍😍

23/02/2020

महान दार्शनीक प्लेटोका विशेषोपयोगी १८ भनाईहरु

लोकपथ डटकम
प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०४:००
काठमाडौं । प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो ।

उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ईसाईपूर्वमा उनले सुकरातबाट शिक्षा लिएका थिए । उनी ४२८/४२७-३४७/३४८ मा जन्मिएका थिए ।
महान दार्शनीक प्लेटोका विशेषोपयोगी १८भनाईहरु

१. गरिबीको कारण सम्पत्तिको कमी होइन,चाहनाहरु धेरै भएर हो ।

२. हामी जे कुराको इच्छा राख्छौँ,कालान्तरमा हामी त्यहि बन्छौँ ।

३. ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरी पत्ता लगाउँनु हो ।

४. सबैभन्दा ठूलो सम्पत्ति भनेको थोरुैमा सन्तुष्ट भएर बाँच्नु हो ।

५. सोच्नु भनेको नितान्त आफ्नै आत्मासँग कुरा गर्नु हो ।

६. शिक्षा भनेको हाम्रा सन्तानलाई राम्रा कुराको चाहना गर्न सिकाउँनु हो ।

७. सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि विजय पाउँनु हो ।

८. कसैले जति नै ढिला भए पनि निरन्तर केहि न केहि प्रगति गरिरहेको छ भने,त्यसलाई निरुत्साहित पार्ने काम नगर, यदि तिमी स्वयं नै त्यो व्यक्ति होउ भने पनि ।

९. आफ्नो गुफा भन्दा बाहिर निस्किनु मेरो साथी हो, हो बाहिर केहि चिसो छ, तर त्यहाँबाट आकाशका ताराहरु धेरै सुन्दर देखिन्छन् ।

१०. जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन भने त्यस्तो व्यक्तिले जोत्छ मात्रै केहि गर्न सक्दैन ।

११. जसले कुनै शक्तिको इच्छा राख्दैन उ नै सो शक्ति पाउँने उपर्युक्त व्यक्ति हो ।

१२. सबै भन्दा खराब न्याय भनेको न्याय दिएको जस्तो नाटक गर्नु हो ।

१३. आफ्नो सन्तानलाई तपाईको इच्छा अनुसार हिँड्न बाध्य नगराउनुहोस्, उनीहरु छुट्टै समयको लागि बनेका हुन् ।

१४. तीन श्रोतहरुबाट मानिसको व्यवहार प्रदर्शित हुन्छ,चाहना,भावना र ज्ञान ।

१५. प्रत्येकसँग नम्र बोल,किनभने तिमीले जसलाई भेट्छौ उ पनि आफैमा कुनै कठिन लडाई लडिरहेको हुनसक्छ ।

१६. वास्तविकता भनेको हाम्रो मस्तिष्कमा श्रृजित हुने कुरा हो,यदि हामीले आफ्नो सोच बदल्छौँ भने वास्तविकता आफै बदलिन्छ ।

१७. यदि तिमी सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौँ भने तिमी मूर्खहरुद्वारा शासित हुन बाध्य हुन्छौ ।

१८. सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन ।

Tags: प्लेटो

"ढिलो आयो कदा आयो भन्छ त साथीहर" A beautiful christmas songs Sushma Bishwokarma Amosh Magar Biren Titung
24/12/2019

"ढिलो आयो कदा आयो भन्छ त साथीहर"
A beautiful christmas songs Sushma Bishwokarma Amosh Magar Biren Titung

Daut ko Saharma Crhistmas song "Daut ko saharma... Composed by : Amosh Magar Lyrics / Music : Amosh Magar Vocal : Amosh magar /Sushma Bishwakarma Music Arran...

"येशु बिन्ती गर्छु /christmas songsसुस्मा / आमोश मगरको coming soon /    channel bat=       https://youtu.be/BAe6gVjXUNo
16/12/2019

"येशु बिन्ती गर्छु /christmas songs
सुस्मा / आमोश मगरको coming soon / channel bat= https://youtu.be/BAe6gVjXUNo

[ 12 ..मिनेटको christmas  गीत /  dancing गीत ] एसपालिको""/
06/12/2019

[ 12 ..मिनेटको christmas गीत / dancing गीत ] एसपालिको""/

december mahina ayo"/ new christmas songs "/ by manoj thakuri Nepali chriostian song songs december mahina ayo vocal manoj thakuri songs writer manoj thakuri...

Address

Lalitpur
44600

Telephone

+9779846813333

Website

Alerts

Be the first to know and let us send you an email when Music nation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Music nation:

Share