28/08/2026
🇳🇵🖤 आज हामी मौन छौँ 🖤🇳🇵
गत 26 August मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले पुर्याएको क्षति, पीडा र दुःखको खबरले हामी सबै नेपालीको मन स्तब्ध बनाएको छ।
आफ्नो घर, परिवार, आफन्त र सपना गुमाउनु भएका सम्पूर्णप्रति What’s Next? Entertainment Group गहिरो दुःख व्यक्त गर्दछ।
ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🙏
आज हामी विदेशमा छौँ।
नेपालबाट टाढा छौँ।
तर नेपाल र नेपाली हाम्रो मनबाट कहिल्यै टाढा हुन सक्दैन। ❤️🇳🇵
यही पीडाको घडीमा, What’s Next? Family का सदस्यहरूबाट नेपाल सरकारमार्फत आफ्नो क्षमताअनुसार सानो सहयोग Flood victim हरु लाई गरिएको छ। यो सहयोग ठूलो होइन होला, तर यसभित्र हाम्रो मातृभूमिप्रतिको माया, पीडितप्रतिको सहानुभूति र नेपाली हुनुको जिम्मेवारी जोडिएको छ।
हाम्रो एउटा विनम्र अपिल छ—
माल्टामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, सक्नुहुन्छ भने सहयोग गरौँ र सहयोग गरिएको screenshot गरेर Share गरौ ता की अरुहरु लाई पनी information जाओस् र प्रेरणा मिलोस🙏
आज पीडा उनीहरूको हो,
भोलि कसको हुन्छ—हामी कसैलाई थाहा छैन।
त्यसैले जात, क्षेत्र, विचार र व्यक्तिगत भिन्नताभन्दा माथि उठेर एक नेपाली भएर अर्को नेपालीको दुःखमा साथ दिऔँ।
हाम्रो एउटा सानो सहयोगले कसैको घरमा फेरि आशा जगाउन सक्छ।
कसैको परिवारलाई केही राहत दिन सक्छ।
कसैको जीवन बचाउन सक्छ।
हामी What’s Next? Team मनोरञ्जनका लागि मात्र होइनौँ।
आवश्यक पर्दा मानवताको पक्षमा उभिन पनि हामी तयार छौँ।
🇳🇵 नेपाल दुख्दा, हामी लाई पनि दुख्छ
नेपाल रुंदा, हाम्रो मन पनि रुन्छ
किनकि…
❤️🇳🇵 “यो मन त मेरो नेपाली हो…” 🇳🇵❤️
Total sending amount: Rs.235,869.55
What’s Next? Entertainment Group
For Nepal. For Humanity. For Our People. 🙏