Hello kalimpong

Hello kalimpong press the like button to see our posts in your newsfeed. We want everyone to enjoy this page and welcome debates.

Spam,bullying and offensive comments, however, will be removed and repeat offenders will be banned from the page. This is to inform you that from now onwards we will be accepting Paid Promotions, all the payments received will be given to the charity.

Rest in Peace Prashant tamang ' Nepali singer
11/01/2026

Rest in Peace Prashant tamang ' Nepali singer

31/12/2025
21/12/2025

हु केयर्सको मिसन डुवर्स 2025

प्रत्येक बर्ष झै यसबर्ष पनि हु केयर्स विभिन्न सामाग्री जस्तै कपडा, भाँडाकुटी, बर्तन, कम्बल, जुत्ता चप्पल, ब्याग, अनि अन्य थुप्रै कुराहरुको साथ पुग्यो डुवर्स। हु केयर्सक्क विभिन्न शाखाहरुबाट एकैसाथ सेवा पुराउने यो पहल मिसन डुवर्स हरेक बर्ष नै हु केयर्सले गर्दै आएको छ। डुवर्स Coordinator सुधा गुरुङले हरेक बर्ष नै त्यहाँ कै लोकल समाज अनि Club हरु संग ठाउँ अनि अन्य कुराहरुको बन्दोबस्त गरेका हुन्छन् भने उक्त सेवाकार्यमा हु केयर्स संस्थापक एरोन योन्जन हु केयर्सका विभिन्न शाखाप्रमुख तथा Members भेला हुने गरेको प्रबक्ता सुमन गजमेरले जनाएका छन। हिजको विशेष सेवाकार्यमा सिलिगुडीका बरिस्ठ महिला समुहाकी प्रमुख सृमती सुधा पास्सी तथा Samajik Sangrakchan Sanstha Teesta Valley का सदस्यहरु पनि उपस्थित थिए।

आकास जनसेवा सहकारी समिति लिमिटेडको वर्ष 2024-25 को Audit रिपोर्ट आज सार्वजनिक गरिएको छ। जसमा आकासले यस वर्ष १ करोड १७ ला...
19/12/2025

आकास जनसेवा सहकारी समिति लिमिटेडको वर्ष 2024-25 को Audit रिपोर्ट आज सार्वजनिक गरिएको छ। जसमा आकासले यस वर्ष १ करोड १७ लाख ५० हजार ७८४ को वार्षिक कारोबार गरेर कुल १ लाख २६ हजा ५९ रुपियाँ नाफा बनाउन सकेको छ।
पहाडको जमिन बाहिरकोलाई नेबेचुन, युवाहरुलाई स्वरोजगार बनाउँ अनि पलायन हुनबाट रोकौँ र सबैमा बचतको बानी बसालौँ भन्ने उदेश्यले आकासले विगत ३ वर्षदेखि काम गरिरहेको छ।

आज सम्पन्न वार्षिक साधरण सभामा समितिका सचिव नरेन्द्र तामाङले उक्त Audit रिपोर्ट प्रस्तुत गरेका थिए।

प्रशासनिक भूलको सजाय शिक्षकहरूले पाउनु हुँदैन भन्दै सयुंक्त माध्यमिक शिक्षक संगठनले गरयो आन्दोलनको घोषणाभोलिदेखि पहाड़का...
17/12/2025

प्रशासनिक भूलको सजाय शिक्षकहरूले पाउनु हुँदैन भन्दै सयुंक्त माध्यमिक शिक्षक संगठनले गरयो आन्दोलनको घोषणा
भोलिदेखि पहाड़का सम्पूर्ण विद्यालयहरू बन्द राख्ने अपील
गत २५ वर्षदेखि दार्जीलिङ पहाड़मा शिक्षक नियुक्तिको निम्ति कुनै रिक्रुमेन्ट रूल लागु गरिएको छैन। तब शिक्षकहरूले कुन परीक्षा पास गरेर योग्यता प्रमाणित गर्ने ? २५ वर्षदेखि सबैजनाले योग्यता प्रमाणित गर्न रिक्रुटमेन्ट रूल अथवा एसएससी परीक्षा लेख्न पर्खिरहेको भए दार्जीलिङ पहाड़का सबै विद्यालयहरू बन्द भइसक्थे । यो २५ वर्षको अवधिमा दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्था सम्हाल्ने काम स्वयँसेवी शिक्षक/शिक्षिकाहरूले नै गरेका छन्।
दार्जीलिङ पहाड़मा २००२ सालदेखि नै स्वयँसेवी शिक्षक शिक्षिकाहरूलाई नियुक्ति दिने प्रक्रिया बनेको हो । यो शिक्षक/शिक्षिकाहरूको भूल होइन तर प्रशासनिक व्यवस्थापनको गड़बड़ी हो । यसको निम्ति तत्कालीन दागोपाप, अहिलेको जीटीएसितै राज्य अनि केन्द्र सरकार दोषी छन् । यसको सजाय शिक्षक/शिक्षिकाहरूले पाउनु हुँदैन। पहाड़ र पहाड़को शैक्षिक व्यवस्था पिस्सिनु हुँदैन।
कलकत्ता उच्च न्यायालयको आजको फसेलाले भोलिको दिनमा दार्जीलिङ पहाड़को अवकाशप्राप्त भइसकेका पुराना शिक्षकहरूसितै वर्तमानका अन्य शिक्षक/शिक्षिकाहरूसितै स्वयँसेवी शिक्षक/शिक्षिकाहरूलाई समेतलाई असर पार्न सक्ने स्थिति उत्पन्न भएको छ। यसबाहेक दार्जीलिङ पहाड़मा मातृभाषा पढ़ाउने शिक्षक पनि अन्य क्षेत्रबाट आउने स्थिति पनि उत्पन्न हुँदैछ। यसैले यी परिस्थितिहरूलाई मध्यनजरमा राख्दै निर्दोष शिक्षक/शिक्षिका एवं पहाड़को शैक्षिक व्यवस्थाको सम्मानको निम्ति सगंठनले सड़क आन्दोलनमा उत्रिने निर्णय लिएको छ।
आन्दोलनको पहिलो चरणमा भोलिदेखि दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू भोलिदेखि अनिश्चितकालीन बन्द रहने घोषणा गर्दछौं। जुन-जुन विद्यालयहरूमा वार्षिक परीक्षाहरू चलिरहेको छ अथवा रिजल्टहरू हुन लागिरहेको छ या त विद्यालयका वार्षिक कार्यक्रमहरू सम्पन्न हुन गइरहेको छ ती सबै कार्यक्रमहरू पनि स्थगित रहनेछ। यदि कुनै पनि विद्यालयले संगठनको आह्वानलाई अवमान्य गर्दा कुनै पनि अप्रिय घटना भए त्यसको दायी सगंठन रहने छैन।


विवेक छेत्री
उप- सभापति
सयुंक्त माध्यमिक शिक्षक संगठन
केन्द्रीय समिति ।

दार्जीलिङका शिक्षकहरूका पक्षमा—सत्य, न्याय र स्वाभिमानको लडाइँ"यो कानूनी लड़ाइँ हो र म तपाईंहरूको पक्षमा दृढतापूर्वक उभि...
17/12/2025

दार्जीलिङका शिक्षकहरूका पक्षमा—सत्य, न्याय र स्वाभिमानको लडाइँ

"यो कानूनी लड़ाइँ हो र म तपाईंहरूको पक्षमा दृढतापूर्वक उभिएको छु।" अनित थापा

दार्जीलिङका ३१३ शिक्षकहरू सम्बन्धी आज कलकत्ताको माननीय न्यायालयले सुनाएको फैसलाले धेरैको मनमा प्रश्न उत्पन्न गरेको छ। तर म स्पष्ट भन्न चाहन्छु कि यो कुनै पनि शिक्षकको गल्तीको कारणले होइन। यो परिणाम हो गत २५ वर्षदेखि दार्जीलिङ पहाडमा स्पष्ट शिक्षक नियुक्ति नियमावली (Recruitment Rule) नहुनुको।

पहाडमा स्वयंसेवी शिक्षकहरूको नियुक्ति तत्कालीन व्यवस्था र परिस्थितिको उपज थियो। २००३ देखि अहिलेसम्म शिक्षक नियुक्तिका सबै प्रक्रिया Recruitment Rule वा SSC बिना नै भएका छन्। तर त्यही शिक्षकहरूको समर्पण र योगदानकै कारण आज हाम्रो पहाडका हजारौं विद्यार्थीहरू सरकारी अधिकारी, शिक्षक र उत्कृष्ट पेशेवर बनेका छन्।

तपाईंहरूको त्याग, शिक्षा र लगनको म गहिरो सम्मान गर्दछु। म सम्पूर्ण शिक्षित वर्गलाई निवेदन गर्न चाहन्छु—हतोत्साहित नहुनुहोस्, यो समय हाम्रो एकताको परीक्षा हो। यो कानूनी लड़ाइँ हो र म तपाईंहरूको पक्षमा दृढतापूर्वक उभिएको छु।

म विश्वास दिलाउँछु कि हामी यो लड़ाइँ कानूनी रूपमा जित्नेछौं, चाहे त्यसका लागि उच्च अदालतको डिभिजन बेञ्चदेखि लिएर सर्वोच्च अदालतसम्म जानुपरे।

तपाईंहरूको न्याय र सम्मानका लागि म कुनै पनि हदसम्म जानेछु। सत्यको पक्ष सधैं बलियो हुन्छ—र हामी सत्यको पक्षमा छौं।

अनित थापा
प्रमुख कार्यपाल,
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (GTA)

Local Employment Follow the link in the comment section for More details
14/12/2025

Local Employment
Follow the link in the comment section for More details

भारतीय फुटबल प्रशंसकहरूको लागि दुखद वास्तविकता। 🇮🇳💔SUNIL CHETTRICredit:Gorkhali Colours
14/12/2025

भारतीय फुटबल प्रशंसकहरूको लागि दुखद वास्तविकता। 🇮🇳💔
SUNIL CHETTRI

Credit:Gorkhali Colours

Dr. Gopal Sharma Appointed as the New Principal of Kalimpong CollegeDr. Gopal Sharma of Benda, Kage has officially taken...
10/12/2025

Dr. Gopal Sharma Appointed as the New Principal of Kalimpong College

Dr. Gopal Sharma of Benda, Kage has officially taken charge today as the new Principal of the prestigious Kalimpong College.

Address

Kalimpong

Website

Alerts

Be the first to know and let us send you an email when Hello kalimpong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share