Nepalona Events & Info

Nepalona Events & Info Event Planner

04/06/2026

What A Memorable Night 🔥 🎵 🎶
Vten show
Thank You Everyone for Being the part of Special Night
🎥 😍

2 days Left Together Lets Make the Night Biggest Ever Grab Your Tickets 🎫
31/05/2026

2 days Left
Together Lets Make the Night Biggest Ever
Grab Your Tickets 🎫

Just 4 Days Left Are you Ready Barcelona ?Grap Your Tickets 🎫  at
29/05/2026

Just 4 Days Left
Are you Ready Barcelona ?
Grap Your Tickets 🎫 at

गैर आवासीय नेपाली संघ, स्पेनको सन्देश:    हाम्रो नेपाली समुदायका सदस्य राजेश श्रेष्ठ (काठमाडौं–४, गोकर्णेश्वर निवासी, उम...
23/05/2026

गैर आवासीय नेपाली संघ, स्पेनको सन्देश:

हाम्रो नेपाली समुदायका सदस्य राजेश श्रेष्ठ (काठमाडौं–४, गोकर्णेश्वर निवासी, उमेर २९ वर्ष) स्पेनको फोर्तेभेन्तुरामा बसोबास गर्दै आउनुभएको र सुतिरहेको अवस्थामा असामयिक निधन भएको दुःखद खबरले सम्पूर्ण स्पेनवासी नेपाली समुदाय अत्यन्त मर्माहत भएको छ ।
स्व.श्रेष्ठको दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। परिवारजनलाई यस अपूरणीय क्षति सहन सक्ने धैर्य र शक्ति प्राप्त होस् भनी हार्दिक कामना गर्दछौं।
स्व. श्रेष्ठको परिवारमा आमा, दुई दाजु तथा एक बहिनी रहनुभएको छ। घटनापश्चात आवश्यक जानकारी दाजुहरूलाई तत्काल गराइएको भए पनि माताको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै केही समयपछि मात्र जानकारी गराइएको छ।
स्व. श्रेष्ठ करिब २० महिनादेखि स्पेनको फोर्तेभेन्तुरामा बसोबास गर्दै आउनुभएको र उहाँको स्पेन बसाइ नियमित प्रक्रियामा भइसकेको थिएन। यस अवस्थामा सम्भावित कानुनी प्रक्रिया, शव व्यवस्थापन, दाहसंस्कार लगायत आवश्यक सम्पूर्ण सहयोगका लागि गैर आवासीय नेपाली संघ, स्पेन तथा स्पेनस्थित नेपाली संघ–संस्थाहरू सक्रिय रूपमा समन्वयमा जुटिरहेका छन्।
परिवारको आर्थिक अवस्था सबल नरहेको हुँदा सहयोग रकम संकलन गरी परिवारको इच्छाअनुसार आवश्यक व्यवस्थापन गरिने निर्णय गैर आवासीय नेपाली संघ, स्पेनको आकस्मिक बैठकबाट गरिएको छ।
गैर आवासीय नेपाली संघ, स्पेन
नोट: शव व्यवस्थापनसम्बन्धी NRNA Spain को आकस्मिक संयुक्त बैठकका निर्णयहरू
मिति २२ मे २०२६, शुक्रबारका दिन संघका अध्यक्ष सन्तोष श्रेष्ठज्यूको अध्यक्षतामा संघको केन्द्रीय कार्यालयमा बसेको स्पेनस्थित सम्पूर्ण संघ–संस्थाहरूको आपतकालीन विशेष संयुक्त बैठकले काठमाडौं गोकर्णेश्वर स्थायी घर भई हाल स्पेनको फोर्तेभेन्तुरामा बसोबास गर्दै आउनुभएका २९ वर्षीय स्व. राजेश श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्थिव शरीर व्यवस्थापन तथा अन्त्येष्टिका लागि NRNA Spain को आह्वानमा एकद्वार प्रणालीमार्फत स्पेनस्थित सम्पूर्ण संघ–संस्था, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आर्थिक सहयोगका लागि विनम्र अनुरोध गर्ने निर्णय गरेको छ।
निर्णय नं. १
संघका अध्यक्ष सन्तोष श्रेष्ठज्यूको संयोजकत्वमा कानुनी प्रक्रिया तथा शव व्यवस्थापन समिति गठन गरियो।
सदस्यहरू:
* शिव प्रसाद गौतम
* शिव कुमार लामिछाने
* सन्तोष उप्रेती
* भिमशेन धिमाल
निर्णय नं. २
शव व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले संघकी उपाध्यक्ष जमुना देवी सापकोटाज्यूको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरियो।
सदस्यहरू:
* नारायण प्रसाद सुबेदी
* सुमन खड्का
* दिपिका श्रेष्ठ
* सन्तोष कुमार वाग्ले
* रबिन सोडारी
* बालकृष्ण खरेल
धन्यवाद।
नबिन घिमिरे
महासचिव
गैर आवासीय नेपाली संघ, स्पेन

23/05/2026
22/05/2026

स्पेनको सर्वोच्च अदालत ले आप्रवासीलाई वैधानिकता दिने प्रक्रिया तत्काल रोक्न अस्वीकार गरेको छ।
अदालतले हाललाई “अस्थायी रोक” आवश्यक नरहेको भन्दै प्रक्रिया जारी राख्न अनुमति दिएको हो।
यससँगै नियमितीकरण प्रक्रिया रोकिएको छैन र अहिलेका लागि देखिएको डर तथा अन्योल धेरै हदसम्म समाप्त भएको बुझ्न सकिन्छ। अन्तिम कानुनी निर्णय भने पछि आउनेछ।

30 तारिख सम्म को PCC आइपुगेको छ ।
20/05/2026

30 तारिख सम्म को PCC आइपुगेको छ ।

२० तारिख वितरण हुने PCC सम्बन्धी सूचना : अप्रिल 30 मा आवेदन दिई दिल्लीमा डकुमेन्ट सबमिसन गर्नुभएका सम्बन्धित व्यक्तिहरूक...
19/05/2026

२० तारिख वितरण हुने PCC सम्बन्धी सूचना : अप्रिल 30 मा आवेदन दिई दिल्लीमा डकुमेन्ट सबमिसन गर्नुभएका सम्बन्धित व्यक्तिहरूको डकुमेन्ट काठमाडौँ आइपुगेको छ ।

15/05/2026

यदि तपाई स्पेनमा नयाँ हुनुहुन्छ र तपाईको कागजपत्रहरु जस्तै PCC/2025 भन्दा अगाडिको Padron वा अन्य देशको PCC मा समस्या भईरहेछ भने H&G ले सहयोग गरिदिनेछ। साथै तपाईको पेपर पनि जम्मा गराईदिने काम पनि गरिदिनेछ।

Dirección

Carrer Perello 74
Barcelona
08005

Horario de Apertura

Lunes 12:00 - 22:00
Martes 12:00 - 22:00
Miércoles 12:00 - 22:00
Jueves 12:00 - 22:00
Viernes 12:00 - 22:00
Sábado 12:00 - 22:00

Teléfono

631 775 203

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando Nepalona Events & Info publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Atajos

Compartir