Canada ko Kura

Directions

Canada ko Kura Confession of Nepalese in Canada— from immigration tips to real-life experiences. A digital chautari for Nepalese in Canada 🇨🇦 🇳🇵

10/11/2026

बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।

बुढि गण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएका छन् ।Emergency numbers:
• Ambulance: 102
• DEOC: 1234
• DPO Gorkha: 9856061190
• Asst. CDO: 9856057778

२१ वर्षदेखि प्रतिष्ठानमा सक्रिय राजु ढकाल र देवी घर्ती मगरको भावुक अभिव्यक्ति : ‘आफ्नै ठानेकाले खेदो खन्ने रहेछन्’काठमाड...
10/11/2026

२१ वर्षदेखि प्रतिष्ठानमा सक्रिय राजु ढकाल र देवी घर्ती मगरको भावुक अभिव्यक्ति : ‘आफ्नै ठानेकाले खेदो खन्ने रहेछन्’

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिवेशनपछि चर्चित लोकदोहोरी कलाकार राजु ढकाल र देवी घर्ती मगरले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको भावुक अभिव्यक्तिले चर्चा पाएको छ।

लामो समयदेखि प्रतिष्ठानमा सक्रिय रहँदै आएका उनीहरूले संस्थाप्रतिको योगदान, जिम्मेवारी र आफ्नै ठानेका व्यक्तिहरूबाट भोग्नुपरेका अनुभवबारे मन खोलेका छन्।

‘गाली, ताली सबै स्वीकार्य छ। जिम्मेवारीको भारी बोकाउनुहुने सबैप्रति आभारी छु,’ भन्दै उनीहरूले आफूलाई विश्वास गर्ने र साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

आफ्नै ठानेका व्यक्तिहरूले समेत खेदो खन्ने गरेको भाव व्यक्त गर्दै उनीहरूले समय र परिस्थितिले टाढाका मानिस पनि आफ्ना बन्ने र आफ्ना ठानेकाहरू टाढिने रहेछन् भन्ने अनुभूति साझा गरेका छन्।

प्रतिष्ठानमा बिताएको २१ वर्ष स्मरण गर्दै उनीहरूले आफूलाई कसैले हिजो मात्रै ल्याएर स्थापित गरिदिएको नभई लामो संघर्ष, मेहनत र निरन्तर योगदानबाट यहाँसम्म आइपुगेको सन्देश दिएका छन्।

महाधिवेशनपछि सार्वजनिक उनीहरूको अभिव्यक्तिले कलाकारहरूको संस्थागत योगदान, आपसी सम्बन्ध र नेतृत्वसँग जोडिएका विषयलाई पुनः चर्चामा ल्याएको छ।

अन्त्यमा उनीहरूले प्रतिष्ठानप्रतिको सम्मान र आत्मीयता व्यक्त गर्दै ‘जय लोक दोहोरी प्रतिष्ठान’ भनेका छन्।

10/11/2026

गोर्खा चुननुम्रि गा.पा वार्ड नं ३, जगतमा करिब ५ जना ज्यान बचाउन भागेर भिरमा गएर बस्नुभएको छ। निस्कने बाटो नभएको कारण हेलिकप्टरको आवश्यकता छ। कृपया यो खबर राज्यसम्म पुगोस।
फसेका ब्यक्तिको सम्पर्क : 9862380533 बिशाल घले। बेट्रि बचाउनुपर्छ उहाले,फोन नगर्दिनुहोला, राज्यसम्म पुर्याईदिनुहोला।

10/11/2026

गोरखाको चुमनुब्रीमा बाढीको जोखिम बढेपछि सतर्क रहन गृहमन्त्री सुधन गुरुङको अपिल

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसेको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।

आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरिएको अपिलमा उहाँले नदीको बहाव निरन्तर बढिरहेको उल्लेख गर्दै जोखिममा रहेका स्थानीय बासिन्दाको उद्धार, राहत तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई परिचालन गरिएको जनाउनुभएको छ। साथै, उद्धार कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेको उल्लेख गर्नुभएको छ।

गृहमन्त्री गुरुङले नदी किनार तथा बाढीको जोखिममा रहेका सम्पूर्ण स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन, धैर्य रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ।

कुनै पनि आपत्कालीन सहायता आवश्यक परेमा गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत उहाँले आफ्नो अपिलमार्फत अनुरोध गर्नुभएको छ।

क्यानाडामा NCCS द्वारा भव्य देउसी–भैलो कार्यक्रम आयोजना हुँदै, परिवारसहित सहभागी हुन अध्यक्ष सुदर्शन सापकोटाको आग्रहटोरन...
10/11/2026

क्यानाडामा NCCS द्वारा भव्य देउसी–भैलो कार्यक्रम आयोजना हुँदै, परिवारसहित सहभागी हुन अध्यक्ष सुदर्शन सापकोटाको आग्रह

टोरन्टो, क्यानाडा। क्यानाडामा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (NCCS) ले आगामी नोभेम्बर ९, २०२६, सोमबार साँझ ६ बजेदेखि ८ बजेसम्म स्कारबोरोमा भव्य देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालीहरूको मौलिक संस्कृति, परम्परा र पहिचानलाई विदेशी भूमिमा समेत जीवन्त राख्दै नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

क्यानाडामा नेपाली समुदायको हित, सांस्कृतिक संरक्षण तथा सामाजिक एकताका लागि निरन्तर सक्रिय NCCS ले विभिन्न सांस्कृतिक, सामाजिक तथा सामुदायिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। संस्थाले यस्ता कार्यक्रममार्फत नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने कार्यमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

NCCS का अध्यक्ष सुदर्शन सापकोटाले देउसी–भैलो कार्यक्रम स्कारबोरो क्षेत्रमा आयोजना गरिने जानकारी दिँदै कार्यक्रमको यकिन स्थान भने पछि सार्वजनिक गरिने बताउनुभएको छ। साथै, उहाँले क्यानाडामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई उक्त दिन आफ्नो परिवारसहित कार्यक्रममा उपस्थित भई नेपाली मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको उत्सवलाई भव्य तथा सफल बनाउन सहयोग गरिदिन हार्दिक अनुरोध गर्नुभएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट www.nccs.ca वा सम्पर्क नम्बर 416-735-9076 मार्फत जानकारी लिन सकिनेछ।

गृह मन्त्रालयका उपसचिव हरिराम नागिला त्रिभुवन विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृतमा पदस्थापनकाठमाडौं। गृह मन्त्रालयका उपस...
10/10/2026

गृह मन्त्रालयका उपसचिव हरिराम नागिला त्रिभुवन विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृतमा पदस्थापन

काठमाडौं। गृह मन्त्रालयका उपसचिव हरिराम नागिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृतमा पदस्थापन भएका छन्।

गृह मन्त्रालयमा कार्यरत उपसचिव नागिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको हो।

नयाँ जिम्मेवारीसँगै नागिलाले विमानस्थलको अध्यागमनसम्बन्धी प्रशासनिक कार्यमा भूमिका निर्वाह गर्नेछन्।

10/09/2026

बेलायत बाट portugal घुम्न आएकि एक मुस्लिम महिला ले शिर मा सल ले ढाकेकै कारण विभेद को सामना गर्नू पर्यो। यूरोप मा यो खाले विभेद सामान्य जस्तै भैसक्यो।

10/07/2026

कुनै बेला मेमोरी किंग बिजय शाही ले संसार भर चर्चा कमाएका थिए ।

ब्र्याम्पटनको वडा ३ र ४ मा सिटी काउन्सिलरका लागि गीता दवाडी ढकाल चुनावी मैदानमाब्र्याम्पटन, क्यानडा २०२६ को ब्र्याम्पटन ...
10/06/2026

ब्र्याम्पटनको वडा ३ र ४ मा सिटी काउन्सिलरका लागि गीता दवाडी ढकाल चुनावी मैदानमा

ब्र्याम्पटन, क्यानडा २०२६ को ब्र्याम्पटन म्युनिसिपल निर्वाचनमा वडा नम्बर ३ र ४ बाट सिटी काउन्सिलर पदका लागि गीता दवाडी ढकाल (Gita Dawadi Dhakal) चुनावी प्रतिस्पर्धामा रहेकी छन्।

निर्वाचनअन्तर्गत अग्रिम मतदान अक्टोबर ९ बाट सुरु हुने कार्यक्रम रहेको छ। उपलब्ध चुनावी विवरणअनुसार अक्टोबर ९ र १६ मा दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म तथा अक्टोबर १०, ११ र १७ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अग्रिम मतदानको समय तोकिएको छ।

अग्रिम मतदानका लागि उल्लेख गरिएका केन्द्रहरूमा Susan Fennell Sportsplex, 500 Ray Lawson Blvd; Brampton City Hall, 2 Wellington St W; र Earnscliffe Recreation Centre, 44 Eastbourne Dr रहेका छन्। मतदाताले अग्रिम मतदानका लागि सिटी अफ ब्र्याम्पटनले तोकेका आधिकारिक मतदान स्थल प्रयोग गर्न सक्ने जनाइएको छ।

त्यस्तै, मुख्य निर्वाचन सोमबार, अक्टोबर २६, २०२६ मा बिहान १० बजेदेखि राति ८ बजेसम्म हुने उल्लेख छ। मुख्य निर्वाचनका दिन मतदाताले आफ्नो तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्नेछ।

मतदानका लागि मतदातालाई आफ्नो नाम र ब्र्याम्पटनको आवासीय ठेगाना देखिने स्वीकार्य परिचयपत्र साथमा लैजान सुझाव दिइएको छ। Voter Notice प्राप्त गरेका मतदाताले उक्त कार्डसमेत साथमा लैजान सक्नेछन्।

ढकालको चुनावी अभियानले वडा ३ र ४ का मतदातासँग सम्पर्क र चुनावी गतिविधि अगाडि बढाइरहेको छ। अभियानसम्बन्धी थप जानकारीका लागि Electgitabrampton.ca, फोन 437-799-VOTE (8683) तथा इमेल [email protected] उपलब्ध गराइएको छ।

ब्र्याम्पटन म्युनिसिपल निर्वाचनमा स्थानीय प्रतिनिधित्वका लागि हुने मतदानमा वडा ३ र ४ का योग्य मतदाताले सिटी काउन्सिलरलगायत स्थानीय पदका उम्मेदवारमध्ये आफ्नो रोजाइअनुसार मतदान गर्नेछन्।

क्यालगरीमा ‘छक्का पञ्जा २’ प्रदर्शनका लागि तामाङ सोसाइटी अफ क्यालगरीको सहकार्यक्यालगरीमा नेपाली चलचित्र ‘छक्का पञ्जा २’ ...
10/03/2026

क्यालगरीमा ‘छक्का पञ्जा २’ प्रदर्शनका लागि तामाङ सोसाइटी अफ क्यालगरीको सहकार्य

क्यालगरीमा नेपाली चलचित्र ‘छक्का पञ्जा २’ को प्रदर्शनका लागि तामाङ सोसाइटी अफ क्यालगरी स्क्रिनिङ पार्टनरका रूपमा जोडिएको छ।

दीपक–दीपाको प्रस्तुतिमा, रोहित अधिकारीको निर्माण तथा दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रको प्रदर्शनसँग जोडिँदै संस्थाले नेपाली चलचित्र र समुदायलाई एकसाथ अघि बढाउने सन्देश दिएको छ।

नेपाली चलचित्रप्रेमीहरूलाई परिवार तथा साथीहरूसँग चलचित्र हेर्न र नेपाली सिनेमाप्रति आफ्नो माया तथा समर्थन जनाउन आह्वान गरिएको छ।

नेपाली चलचित्रका लागि सँगै, हाम्रो समुदायका लागि सँगै! 🎬🇳🇵🇨🇦

Address

Toronto, ON

Website

Alerts

Be the first to know and let us send you an email when Canada ko Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category