08/05/2026
# ग्रहौशुर भ्रमण वर्ष २०८३ सफल पारौ
वालिङ नगरपालिका वडा नं. ८ मा अवस्थित ऐतिहासिक तथा धार्मिक ग्रहौशुर मन्दिर करिब ५५० वर्षअघि राजा दशरथ खाँणद्वारा स्थापना गरिएको मानिन्छ। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस स्थानबाट पाल्पाको रामपुर, चापाकोट, स्याङ्जा बजार, भिरकोट लगायतका रमणीय दृश्यहरूको अवलोकन गर्न सकिन्छ।
विशेषगरी बडा दशैँ र चैते दशैँको अवसरमा यहाँ भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। धार्मिक महत्वसँगै पर्यटकीय सम्भावना बोकेको यस मन्दिरलाई वालिङ मात्र नभई समग्र स्याङ्जाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न आवश्यक छ।
यदि यस क्षेत्रको उचित प्रचार–प्रसार, पूर्वाधार विकास र संरक्षण गर्न सकियो भने यहाँको आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास गर्न सकिन्छ। स्थानीय कला, संस्कृति र पहिचानलाई जोगाउँदै ग्रहौशुर क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन सबै पक्षको सहकार्य आवश्यक छ।
आउनुहोस्, ग्रहौशुरको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्वलाई विश्वसामु चिनाऔं