19/01/2026
एकपल्ट २०७९ को चितवन क्षेत्र नं. १ को नतिजालाई हेर्ने हो भने हाम्रो चेतानाको स्तर ऐना जस्तै छर्लङ्ग देखिन्छ।एकातिर थिए—University of California, Berkeley बाट Agriculture and Resource Economics मा PhD गरेका, राष्ट्रिय अन्तर्राष्ट्रिय नीति निर्माणमा काम गरेका, विश्वविद्यालयमा पढाएका, ILO जस्ता संस्थाका सल्लाहकार, नेपाल राष्ट्र बैंकका अहिलेका गभर्नर बिश्वनाथ पौडेल।
अर्कोतिर थिए,नेपालिले श्रेष्ठता मान्ने प्रचलित मानकलाई आधार मान्ने हो भने पौडेल संग तुलना गर्न नमिल्ने तर बिद्रोहि शैली र “नयाँपन” को प्रतिनिधि " हरि ढकाल"।
यदि मापदण्ड साच्चिकै योग्यता, अनुभव, ज्ञान र योगदान हुन्थ्यो भने त्यो चुनाव एकतर्फी हुनुपर्ने थियो। तर भएन भारि मतले ढकालले जिते बिश्व तेस्रो हुन पुगे। किनभने त्यो दिन जनताले व्यक्ति होइन, पुरानो राजनीतिप्रतिको आक्रोशलाई भोटमा परिणत गरि दिएका थिए। पौडेल हार्नुको कारण उनी कमजोर भएर होइन, उनी पुरानो पार्टी र शेरबहादुर देउवाको प्रतीक ठानिएर हो।
यसले के देखायो भने हाम्रो चेतना आधा मात्रै जागेको छ। हामी पुरानो पार्टि र व्यवस्थाप्रति असन्तुष्ट छौं, तर नयाँ विकल्प छान्दा पनि मापदण्ड बनाएका छैनौं। हामी रिसमा भोट हाल्छौं, विवेकले होइन। प्रतिक्रिया दिन्छौं, मूल्याङ्कन गर्दैनौं।योग्यता भनेको डिग्री मात्र होइन तर डिग्री, ज्ञान, अनुभव, नीति निर्माणमा योगदान, आचरण, इमानदारी यी सबै मिलेर योग्यता बन्छ।
जब यस्तो योग्यता बोकेको मान्छे केवल पार्टीको कारण हार्छ, त्यो मान्छेको हार होइन देशको हार हो। अब राम्रा र योग्य मान्छे चुनाव हार्ने अवस्था आउनु हुँदैन यो भावना होइन, समयको माग हो। देश बनाउने कि बिगार्ने भन्ने निर्णय मतदान पेटिकामा होइन, मतदाताको चेतनामा हुन्छ। चेतना कति बढ्यो भन्ने कुरा भाषण, नाराबाट होइन चुनावमा गरिएको छनोटबाट देखिन्छ।
अब जनताले भीडको लहरले होइन, विवेकको निर्णय लिनुपर्छ।मनको रिसले होइन, मस्तिष्कको बिबेकले न्याय गर्नुपर्छ।
जुन दिनदेखि जनताले उम्मेदवारको ज्ञान, क्षमता, अनुभव, चरित्र र नियत हेरेर भोट हाल्न थाल्छन।त्यो दिनदेखि चटके र पटकेहरू राजनीतिबाट आफैं लाज मानेर हट्छन र योग्य मान्छे आफैं अगाडि आउँछ, र लोकतन्त्र साँच्चिकै जनताको बन्छ।
बुझिराखौं,राम्रा मान्छेले जित्न थाले भने देश कहिल्यै हार्दैन।