05/10/2017
पुरुष भलिबल प्रतियोगिता आजबाट / मनकामना नै अब्बल साबित
स्याङ्जा जिल्लाकै पुरानो एबम प्रतिष्ठत मेलाका रूपमा चिनिदै आएको दशै पुर्णिमा मेला -२०७४ को अबसरमा आयोजना हुने साबिक अन्तर वडा क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आज बाट शुरु हुदैछ । मनकामना युवा क्लब पुतलीबजार नगरपालिका -१२ पेल्काचौरले कोज्रागत पुर्णिमाको अबसरमा लामो समय देखि संचालन गर्दै आएको यस प्रतियोगिता २३ गतेसम्म संचालन हुनेछ । आजको मैत्रीपुर्ण समुदघाटन खेल गत संस्करणको बिजेता गोल्डेन गाईज गुमार्दी र आयोजक मनकामना युवा क्लबका बीच हुदैछ। प्रतियोगिताका प्रथम ,दितिय र तृतीयले क्रमशः ४५,०००/-,३५,०००/-र २५,०००/- साथमा शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । साथमा उत्कृष्ट स्पाइकर, डिफेन्डर, सेटर, ब्लकर, अनुशासित, उदयमान एबम सर्बोत्कृष्ट खेलाडीसमेतले ट्र्फी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। प्रतियोगितामा स्याङ्जा तथा आसपासका जिल्लाबाट करिब २६ भन्दा बढी टिमको सहभागिता रहने अनुमान गरिएको छ। आजै राष्ट्रिय तथा स्थानीय कलाकारहरको बेजोड सांस्कृतिक प्रस्तुति रहने छ। प्रतियोगिताको समुदघाटन ब्यबस्थापिका ससंद सदस्य माननीय राजुु थापा तथा समापन नेपाल भलिबल सघ त्रिपुरेश्वर काठमाडौका केन्द्रिय वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङबाट हुनेछ ।
तथ्यांकमा दशैपुर्णिमा मेला
दशै पुर्णिमा मेला अन्तर्गतको अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको बि.स.२०६५ सालयताका ९ संस्करणको नतिजालाई आकलन गर्ने हो भने आयोजक मनकामना युबा क्लब नै अब्बल साबित भएको छ। मनकामनाले ३ स्वर्ण ४ रजत सहित कुल ७ पदक सहित पदक तालिकाको शिर्ष स्थानमा छ। अन्य पदक बिजेताहरुमा कालिका युवा क्लब टामा २ स्वर्ण , सांग्रीला युवा क्लब सिम्ले १स्वर्ण १रजत र १ कांस्य गरि ३ पदक, राङखोला युवा क्लब १ स्वर्ण १ कांस्य गरि २ पदक, गोल्डेन गाईज गुमार्दी १ स्वर्ण १ कांस्य सहित २ पदक, जनजागृती युबा क्लब मेथाभुरुग १स्वर्ण,देउराली युवा क्लब गैरीस्वारा २ रजत १ कांस्य गरि ३ पदक , पुर्णिमा युबा क्लब रानीस्वारा १ रजत , पतलादेबी युबा क्लब पखेरे १ रजत , सिद्धबाबा युबा क्लब हलहले १ रजत, चन्द्रज्योति युवा क्लब १ कांस्य र वालकन्या युबा क्लब बिरुवा १ कांस्य पदक सहित तालिकामा छन । ९ बर्षको अबधिमा कुल २५ पदकका लागि खेल संचालन भएको थियो ।