Rangin Pana रंगीन पाना

Rangin Pana रंगीन पाना रंगीन जीवनका उज्याला र अध्यारा सबै रङहरु फरक समाचार र शैलीमा प्रस्तुत गर्ने प्रयास।

Pray for Nepal 🙏६० घण्टा माटोमुनि, यो मनिषाको दोस्रो पुर्नजन्म भन्दा फरक पर्दैन ।
30/08/2026

Pray for Nepal 🙏
६० घण्टा माटोमुनि, यो मनिषाको दोस्रो पुर्नजन्म भन्दा फरक पर्दैन ।

हरेकपटक कतैबाट फेरि आवाज आओस्, मनिषाको रुवाइको आवाजजस्तै वा भिन्न जीवित रहेको आभाष दिलाउने आवाज । र, सकुशल उद्धार ...

हिरोइनको कब्जामा बक्सअफिस: यो वर्ष १७ फिल्म रिलिज हुँदा ‘गौँथली’ र ‘लालीबजार’ मात्रै सफलवैशाखदेखि साउन अन्तिमसम्म १७ वटा...
16/08/2026

हिरोइनको कब्जामा बक्सअफिस:
यो वर्ष १७ फिल्म रिलिज हुँदा ‘गौँथली’ र ‘लालीबजार’ मात्रै सफल

वैशाखदेखि साउन अन्तिमसम्म १७ वटा नेपाली फिल्महरू रिलिज भइसकेका छन्। त्यसमध्ये दुईवटा फिल्मले मात्रै बक्सअफिसमा सफलता हात पारेका छन्। ती फिल्म हुन्: ‘गौँथली’ र ‘लालीबजार’।

साउन १ गतेदेखि रिलिज भएको ‘गौँथली’को रफ्तार कायमै छ। यस फिल्मले २१ करोड ४४ लाखको व्यापार गरिसकेको छ। ‘गौँथली’ यस वर्षको धेरै कमाउने फिल्मसमेत हो। अफसिजनमा पनि आक्रामक कमाइ गरिरहेको यो धेरै कमाउने नेपाली फिल्मको दोस्रो स्थानमा छ।

त्यस्तै, ‘लालीबजार’ पनि यो वर्षको राम्रो कमाइ गर्ने फिल्म हो। वैशाख २५ गते रिलिज भएको यस फिल्मको कमाइ ९ करोड ३२ लाख छ। यो वर्षको पहिलो हिट फिल्मसमेत हो।

रोचक के छ भने यी दुवै महिलाप्रधान फिल्म हुन्। स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ले वादी समुदायको कथा भन्छ। वादी महिलाले यौन पेसा गर्नुपर्ने बाध्यता र आमाछोरीको सम्बन्धमा कथा केन्द्रित छ।

त्यस्तै, ‘गौँथली’को कथा पनि महिलाकै विषयवस्तुमा छ। यस फिल्मको कथा मुख्य पात्र गौँथली (सिम्रन खड्का)को जीवन वरिपरि घुम्छ। गौँथली जो पढेर आत्मनिर्भर बन्न चाहन्छिन्। तर, बाध्यताले बिहे गरेर उनले अर्को घर जानुपर्ने हुन्छ। त्यहाँ पुगेपछि आफूले बिहे गरेको व्यक्तिलाई अटिजम भएको थाहा पाउँछिन्। बन्धनमा परेकी गौँथलीले कसरी संघर्ष गर्छिन्? यही नै ‘गौँथली’को मूल कथा हो।

‘गौंथली’ बन्यो दोस्रो धेरै कमाउने नेपाली फिल्म, ‘कबड्डी ४’ लाई उछिन्यो  -प्रदर्शनको २८ औं दिनसम्म फिल्मले देशव्यापी रूपम...
13/08/2026

‘गौंथली’ बन्यो दोस्रो धेरै कमाउने नेपाली फिल्म, ‘कबड्डी ४’ लाई उछिन्यो

-प्रदर्शनको २८ औं दिनसम्म फिल्मले देशव्यापी रूपमा २१ करोड ४४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

‘गौंथली’ को कमाइ २० करोड नाघ्यो- बन्यो तेस्रो धेरै कमाउने नेपाली फिल्म- सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार ७ लाख २९ हजार...
10/08/2026

‘गौंथली’ को कमाइ २० करोड नाघ्यो

- बन्यो तेस्रो धेरै कमाउने नेपाली फिल्म
- सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार ७ लाख २९ हजार दर्शकले फिल्म हेरिसकेका छन् ।

बक्सअफिस स् ‘गौंथली’ ले कमायो साढे १९ करोडपछिल्लो शनिबारसम्म यो फिल्मले जारी, छक्कापञ्जा ४ र परानको कमाइलाई उछिनेको छ । ...
09/08/2026

बक्सअफिस स् ‘गौंथली’ ले कमायो साढे १९ करोड

पछिल्लो शनिबारसम्म यो फिल्मले जारी, छक्कापञ्जा ४ र परानको कमाइलाई उछिनेको छ । सम्भवतः आज वा भोलिसम्म फिल्मले ‘१२ गाउँ’ ९१९ करोड ९२ लाख ग्रस० लाई उछिन्न सक्छ ।

साप्ताहिक बक्स अफिस रिपोर्ट: मिति २०८२ माघ २४ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट स्रोत: चलचित्र वि...
09/02/2026

साप्ताहिक बक्स अफिस रिपोर्ट:

मिति २०८२ माघ २४ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट
स्रोत: चलचित्र विकास बोर्ड

तस्बिरमा तुवाँलोः यस्तो देखियो काठमाडौ
09/02/2026

तस्बिरमा तुवाँलोः यस्तो देखियो काठमाडौ

प्रर्दशनरत चलचित्रको बक्स अफिस रिपोर्टसिनेपाः@ बक्सअफिस कलेक्सनSource: Film Development Board, Nepal
02/02/2026

प्रर्दशनरत चलचित्रको बक्स अफिस रिपोर्ट
सिनेपाः@ बक्सअफिस कलेक्सन
Source: Film Development Board, Nepal

गायक देवेन्द्र बब्लु पछिल्लो समय उदाएको लोकप्रिय ब्यान्डका मुख्य पात्र हुन् नै, दुखान्त गीतको भिडियोमा अधिक खोजिने उनी च...
28/01/2026

गायक देवेन्द्र बब्लु पछिल्लो समय उदाएको लोकप्रिय ब्यान्डका मुख्य पात्र हुन् नै, दुखान्त गीतको भिडियोमा अधिक खोजिने उनी चलचत्रिको गीतको भिडियोमा पनि निकै परिपक्व देखिएका छन् । म्युजिक भिडियोबाट उदाएकी अभिनेत्री रोशनी कार्कीको अभिनय पनि बेजोड देखिने संकेत यस भिडियोले गरेको छ ।
https://ranginpana.com/posts/59

नेपालको राष्ट्रिय खेल भलिबल र प्रेमिल कथाको समिश्रणमा तयार चलचित्र बुकीको पहिलो गीत सार्वजनिक गरिएको छ । मोहन के...

चर्चित गायक अरिजित सिंहले किन लिए ‘चलचित्र गायन’ बाट सन्यास ?https://ranginpana.com/posts/58
28/01/2026

चर्चित गायक अरिजित सिंहले किन लिए ‘चलचित्र गायन’ बाट सन्यास ?https://ranginpana.com/posts/58

Address

New Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rangin Pana रंगीन पाना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category