Kailali District Cricket Association

Kailali District Cricket Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kailali District Cricket Association, Sports Promoter, Dhangadhi.

kailali Ditrict school Cricket champioship 2083
02/06/2026

kailali Ditrict school Cricket champioship 2083

कैलाली जिल्लामा स्कुल क्रिकेट च्याम्पियनसिप सुरु, पहिलो दिनका खेलहरुमा वेस्टर्न कृश्टल एकेडेमी,सिद्धार्थ मावी , धनगढी बु...
30/05/2026

कैलाली जिल्लामा स्कुल क्रिकेट च्याम्पियनसिप सुरु, पहिलो दिनका खेलहरुमा वेस्टर्न कृश्टल एकेडेमी,सिद्धार्थ मावी , धनगढी बुद्ध एकेडेमी र मयुर स्कुलको विजयी सुरुवात
लोकराज जोशी,धनगढी
जेष्ठ १५ गते
नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रमअनुसार कैलाली जिल्ला क्रिकेट संघले आज अर्थात जेष्ठ १५ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको कैलाली जिल्लास्तरीय स्कुल च्याम्पियनसिप-२०८३ को उदघाटन समारोहका सभापति कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्ट ज्यू रहनुभएको कार्यक्रममा प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा संघ अन्तर्गतको क्रिकेट विकास समिती संयोजक धिरेन्द्र साउँद ज्यू रहनुभएको थियोे।साथै विभिन्न विद्यालय प्रतिनिधि तथा कैलाली जिल्ला क्रिकेट संघका पदाधिकारी कार्यसमिति सदस्य र प्राविधिकहरुको आतिथ्यतामा कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
उदघाटन दिनको पहिलो खेलमा माउन्ट सैपाल स्कुलले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय लिदै वेस्टर्न कृश्टल एकेडेमीलाई पहिला ब्याटिङको निम्तो दिदै मैदान उत्रीन बाध्य गरायो।फलस्वरूप,वेस्टर्न कृश्टल एकेडेमीले निर्धारित १० ओभरमा ६ विकेट क्षति ८६ रन जोड्नसक्यो।ब्याटिङतर्फ वेस्टर्न कृश्टल एकेडेमीका लागि युनिस मल्लले अविजित १३ बलमा १८ रन बनाउदा कप्तान सचिन भट्ट र सुदांशु रावलले समान १२ रन तथा राजेश रावलले ११ रन बनाउन सफल भए।बलिङतर्फ माउन्ट सैपाल स्कुलका लागि सान्ज्याक्स कार्की,निरज भट्ट,खगेन्द्र चन्द,हिमाल अवस्थी,दीपक धामी र एलिन कार्किले समान १-१ विकेट लिन सफल भए।
८७ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको माउन्ट सैपाल स्कुलले निर्धारित १० ओभरको खेलमा ८.५ ओभरमा सम्पुर्ण विकेट क्षति मात्रै ३९ रन जोड्दै खेल ४७ रनले गुमाउनपुग्यो।ब्याटिङतर्फ माउन्ट सैपाल स्कुलका लागि लोकेन्द्र साउँदले १२ बल खेल्दै सर्वाधिक १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ वेस्टर्न कृश्टल एकेडेमीका लागि युनिस मल्ल र कप्तान सचिन भट्टले समान ३-३ विकेट लिन सफल हुँदा सुरज कडायतले २ विकेट लिन सफल भए।उक्त खेल वेस्टर्न कृश्टल एकेडेमीले ४७ रनले जित्न सफल भयो।खेलमा अलराउन्ड प्रदर्शन गर्न सफल हुँदै प्लेयर अफ दी म्याच अवार्ड वेस्टर्न कृश्टल एकेडेमीका युनिस मल्ल घोषित हुन सफल भए।
आजको दोश्रो खेलमा सिद्धार्थ माविले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिदै धनगढी प्रज्ञा सदनलाई पहिला ब्याटिङको लागि मैदान उत्रीन बाध्य गरायो।फलस्वरूप,धनगढी प्रज्ञा सदनले निर्धारित १० ओभर ८ विकेट क्षती ८२ रन बनाउन सफल भयो।ब्याटिङतर्फबाट धनगढी प्रज्ञा सदनका लागि कप्तान आशिक रोकायाले १३ बल खेल्दै सर्वाधिक १४ रन बनाउदा प्रीन्स थलालले १४ बल खेल्दै १३ रन बनाउन सफल भए।बलिङतर्फ सिद्धार्थ माविका लागि कप्तान राहुल वडले सर्वाधिक २ विकेट लिन सफल भए।
८३ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको सिद्धार्थ माविले निर्धारित १० ओभरको खेलमा ८.१ ओभर खेल्दै मात्र १ विकेट क्षति ८५ रन बनाउदै रोमाञ्चक ९ विकेट जित आफ्नो नाममा दर्ता गराउन सफल भयो।ब्याटिङतर्फ सिद्धार्थ मावीका कमल बिकले १९ बलमा सर्वाधिक ४२ रन बनाउदा कप्तान राहुल वडले अविजित २० बलमा २३ रन बनाउन सफल भए।बलिङतर्फ धनगढी प्रज्ञा सदनका लागि निशान्त महराले सर्वाधिक १ विकेट लिन सफल भए।उक्त खेल सिद्धार्थ माविले ९ विकेटले जित्न सफल भयो।खेलमा अलराउन्ड प्रदर्शन गर्न सफल सिद्धार्थ माविका लागि कप्तान राहुल वड प्लेयर अफ दी म्याच घोषित हुन सफल भए।
आजको तेश्रो खेलमा धनगढी बुद्ध एकेडेमीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लियो।फलस्वरूप,धनगढी बुद्ध एकेडेमीले निर्धारित १० ओभरमा ६ विकेटको क्षती ७४ रन बनाउन सफल भयो।ब्याटिङतर्फ,धनगढी बुद्ध एकेडेमीका लागि पवन बिष्टले १६ बल खेल्दै सर्वाधिक २० रन बनाउदा प्रतीक बोहराले १८ बलमा १२ रन बनाउन सफल भए।बलिङतर्फ एक्सिस विद्याश्रमका लागि कौशल रोस्याराले सर्वाधिक २ विकेट लिन सफल भए।
७५ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको एक्सिस विद्याश्रमले निर्धारित ५ विकेटको क्षती मात्र ५७ रन जोड्न सक्दा खेल १७ रनले गुमाउनपुग्यो।ब्याटिङतर्फ एक्सिस विद्याश्रमका लागि प्रतीक बिष्टले २६ बलमा अविजित १४ रन बनाउन सफल हुँदा स्पर्श चन्दले १२ बलमा १० रन बनाउन सफल भए।बलिङतर्फ धनगढी बुद्ध एकेडेमीका लागि हिमाल लावड र अखिल कटुवालले समान २-२ विकेट लिन सफल भए।उक्त खेल धनगढी बुद्ध एकेडेमीले १७ रनले जित्न सफल भयो।खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्न सफल धनगढी बुद्ध एकेडेमीका हिमाल लावड प्लेयर अफ दी म्याच घोषित हुन सफल भए।
आजको चौथो खेलमा गार्डनर स्कुलले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिदै मयुर स्कुललाई पहिला ब्याटिङको निम्तो दियो।फलस्वरूप,मयुर स्कुलले निर्धारित १० ओभरमा ४ विकेट क्षति ८६ रन बनाउन सफल भयो।ब्याटिङतर्फ मयुर स्कुलका लागि सुदिप पन्तले २२ बलमा सर्वाधिक २४ रन बनाउदा रोविन चैसीरले ८ बलमा ११ रन बनाउन सफल भए।बलिङतर्फ गार्डनर स्कुलका लागि लोव्सन लामाले सर्वाधिक २ विकेट लिन सफल भए।
८७ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गार्डनर स्कुलले निर्धारित १० ओभरको खेलमा ५.३ ओभर खेल्दै सम्पुर्ण विकेट क्षति मात्र ३६ रन बनाउनसक्दा खेल गार्डनर स्कुलले ५० रनले गुमाउनपुग्यो।म्याकमोहन बोहराले ११ बलमा सर्वाधिक १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ मयुर स्कुलका लागि भरत सिंहले सर्वाधिक ४ विकेट लिन सफल हुँदा सविन बोहरा र आर्यन बोहराले समान ३-३ विकेट लिन सफल भए।उक्त खेल मयुर स्कुलले ५० रनले जित्न सफल भयो।खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका मयुर स्कुलका बलर भरत सिंह प्लेयर अफ दी म्याच घोषित हुन सफल भए।

Tie sheetCorrection
29/05/2026

Tie sheet
Correction

Congratulations Team kailali💐💐
27/05/2026

Congratulations Team kailali💐💐

27/05/2026

उपरोक्त सम्बन्धमा यस मिति २०८३/०२/१५ गतेदेखि हुने Kailali District Schools Cricket Championship को टाइसिट निकाल्नका लागि सहभागी विद्यालयहरूलाई मिति २०८३/०२/१४ गतेका दिन उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ।

तपशील
समय: बिहान ८:३० बजे
स्थान: निर्माण व्यवसायी संघ, धनगढी ।

कैलाली जिल्ला क्रिकेट सघ को महिला यू–१९ Cricket खेलाडी तथा अफिसियलहरुलाइ प्रादेशिक छनोट क्रिकेट प्रतियोगिताका लागि जिल्ल...
26/05/2026

कैलाली जिल्ला क्रिकेट सघ को महिला यू–१९ Cricket खेलाडी तथा अफिसियलहरुलाइ प्रादेशिक छनोट क्रिकेट प्रतियोगिताका लागि जिल्लाको महिला क्रिकेट टोलीलाई बिदाइ तथा सफल्ताकोशुभकामना कार्यक्रम !

25/05/2026

U 19 women’s player haru 12:00 ma Nirman sangh ma aauna such it garinxha

Notice !Notice!!
23/05/2026

Notice !Notice!!

21/05/2026

Address

Dhangadhi

Telephone

+9779848492667

Website

Alerts

Be the first to know and let us send you an email when Kailali District Cricket Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share