Kailali District Cricket Association

Call

Kailali District Cricket Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kailali District Cricket Association, Sports Promoter, Dhangadhi.

06/10/2026

Notice!Notice
हिजो परेको वर्षाका कारण Fapla International Cricket Ground मा सञ्चालन हुने भनिएको U-19 Close Camp को स्थान परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

उक्त Close Camp अब Kailali District Cricket Association Training Centre, CoveredHall मा सञ्चालन हुने भएको छ।
मिति:२०८३/०६/२०
समय: दिउँसो १:००बजे
स्थान: Kailali District Cricket Association Training Centre, CoveredHall

Notice !Notice!!
05/10/2026

Notice !Notice!!

Notice!Notice!! Notice!!!
04/10/2026

Notice!Notice!! Notice!!!

Notice
30/09/2026

Notice

टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि धनगढीको चैतन्य पाठशालालाई टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि धन...
29/09/2026

टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि धनगढीको चैतन्य पाठशालालाई

टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि धनगढीको चैतन्य पाठशालाले जितेको छ । मंगलबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा अत्तरीयाको सत्यवती एकेडेमीलाई १३ रनले पराजित गर्दै चैतन्यले उपाधिमाथि कब्जा जमाएको हो । विजेता बनेको चैतन्यले नगद रु.४ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्न सफल भएको छ भने उपविजेता बनेको सत्यवती एकेडेमीले नगद रु १ लाख १ हजार १११ र मेडल जित्न सफल भयो । विजेता तथा उपविजेता टोलीका सदस्यहरुलाई समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का रवि लगायत अन्य अतिथिहरुले पुरस्कार तथा मेडल प्रदान गरे ।

चैतन्य पाठशालाले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा सत्यवतीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो । उस्का लागि हार्ड हिटर मोहमद आदिल आलमले १२ बलमा ३६ रनको आक्रमक इनिङ खेलेपनि जितका लागि प्रर्याप्त भएन । गौतम केसीले अविजित १४ तथा दिवान पुनले अविजित १२ रनको पारी खेले । अन्य ब्याटरले सम्झनलायक प्रर्दशन गर्न सकेनन । चैतन्य पाठशालाका लागि हिक्मत महरा,धिरज साउद र सौर्य श्रेष्ठले समान दुइ दुइ तथा मिलन बोहराले एक विकेट लिन सफल भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चैतन्य पाठशालाले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाउन सफल भएको थियो । चैतन्यका लागि किरन कुमार ठगुन्नाले १७ बलमा ४० रनको आक्रामक अविजित पारी खेले भने रबि दमाई ८ बलमा २५ तथा बिरेन बमले १६ कलमा २४ रनको पारी खेलेका थिए । फाइनल खेलको म्यान अफ दी म्याच किरन कुमार ठगुन्ना बनेका थिए ।
सत्यवती एकेडेमीका लागि अर्जुन बिकले ३ महत्वपूर्ण विकेट चट्काए भने फ्रिदोस अन्सारी,दिवान पुन र कप्तान दिपेश कँडेलले समान एक एक विकेट लिन सफल भए ।
व्यक्तीगत प्रर्दशन तर्फको अवार्डमा भने सत्यवती एकेडेमी हाबी भयो । उस्का अर्जुन बिकले उत्कृष्ट बलर तथा प्लेर अफ दी सिरिजको अवार्ड जित्दै नगद ३० हजार प्राप्त गरे भने उत्कृष्ट ब्याटरको अवार्ड बझाङका लोकेन्द्र चन्दले जित्दै नगद १० हजार प्राप्त गर्न सफल भए ।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा असोज ४ गतेदेखि सुरु भएको प्रतियोगितामा कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका १६ टोली सहभागी भएका थिए ।

टी-१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप-२०८३ अन्तर्गत भोलि हुने सेमिफाइनल तथा फाइनल खेलमा led screen सहित राष्ट्रिय टेलिभि...
28/09/2026

टी-१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप-२०८३ अन्तर्गत भोलि हुने सेमिफाइनल तथा फाइनल खेलमा led screen सहित राष्ट्रिय टेलिभिजन काष्ठमण्डप गोल्डबाट प्रत्यक्ष प्रसारण हुने

प्रथम पुरस्कर : नगद ४,१,१११/- ट्रफी प्रमाणपत्र तथा मेडल
द्वितीय पुरस्कर : नगद १,१,१११/- ट्रफी प्रमाणपत्र तथा मेडल
सर्वोत्कृष्ट खेलाडी : नगद २०,०००/- ट्रफी प्रमाणपत्र
उत्कृष्ट ब्याटर : नगद १०,०००/- ट्रफी प्रमाणपत्र
उत्कृष्ट बलर : नगद १०,०००/- ट्रफी प्रमाणपत्र
इमर्जिङ खेलाडी : नगद १०,०००/- ट्रफी प्रमाणपत्र

T10 National Tournament 2083Kailali Diistrict Cricket AssociationFapla Ground2083/06/11
27/09/2026

T10 National Tournament 2083
Kailali Diistrict Cricket Association
Fapla Ground
2083/06/11

27/09/2026
Today Fapla ground updateT10 National TournamentKailali District Cricket Association2083/06/10
26/09/2026

Today Fapla ground update
T10 National Tournament
Kailali District Cricket Association
2083/06/10

Address

Dhangadhi

Telephone

+9779848492667

Website

Alerts

Be the first to know and let us send you an email when Kailali District Cricket Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share