22/08/2026
फूल भएर जन्मिएकी थियौ तिमी,
कोपिलामै चुडेर छोडे।
आफ्नै दाइ सम्झी पछि-पछि लाग्यौ तिमी,
छिनभरमै प्राण लिइछोडे।
कति चिच्यायौ हौली त्यो झाडीमा,
मुख थुनिदिँदा कति निसासियौ हौली तिमी।
‘आमा’ पनि भन्न पाइनौ, ‘बाबा’ पनि भन्न पाइनौ,
कति पीडामा तड्पिएकी थियौ हौली तिमी!😓😓